सबै मित्रहरूमा मेरो नमस्कार,

नेपाली कम्प्युटर प्रयोगकर्ताहरू माझ नेपालीनक्सप्रति खासै रुचि नहुनुका निम्न
कारणहरू हुन सक्ने मलाई लाग्छ:

१. गार्‍हो भाषा
नेपालीनक्स चलाउँदा आउने सबैभन्दा पहिलो शब्द 'अनुप्रयोग' कमैले मात्र
नेपालीनक्स चलाउनु भन्दा पहिले सुनेका होलान्। कम्प्युटरलाई कम्प्युटर भन्न
मिल्ने भए, किबोर्डलाई किन कुञ्जीपाटी भन्ने? किबोर्ड नै भन्दा हुँदैन र?
सञ्झ्याल, मुद्रण, द्रष्टा.. यस्ता गार्‍हा गार्‍हा शब्दहरूले नेपालीनक्सलाई
चलाउन निकै नै कठिन बनाएको छ।

म आफूलाई नेपाली राम्रै आउँछ भन्ठान्थे, तर नेपालीनक्स चलाएपछि मेरो नेपाली
भाषाको ज्ञानबारे प्रश्न चिन्ह लागेको छ ;)। सुरुदेखि नै अङ्ग्रेजीमा कम्प्युटर
चलाउने बानी परेकाले पनि मलाई यस्तो लागेको हुन सक्छ, तर मैले कम्प्युटर
पहिलोपटक चलाउनेलाई पनि नेपालीनक्स गार्‍हो लागेको पाएको छु। एउटा उदाहरण मेरो
आफ्नै बुबा हुनुहुन्छ। मैले उहाँलाई पहिलो पटक कम्प्युटर चलाउन सिकाउँदा
नेपालीनक्स देखाएको थिए। तर करिब आधा घण्टा चलाएपछि उहाँले मलाई 'यो
अङ्ग्रेजीमा ल्याउन मिल्दैन' भनी सोध्नुभो।

२. ठाडो अनुवाद
नेपालीनक्समा यसका धेरै उदाहरणहरू देख्न सकिन्छ। यसबारे खासै विस्तार गरिरहनु
नपर्ला।

३. खराब बजार व्यवस्थापन
नयाँ सँस्करण निस्कने दिन बाहेक नेपालीनक्सको खासै प्रचार भएको देखिन्न।
त्यसमाथि अङ्ग्रेजीमै कम्प्युटर चलाउने बानी परेका काठमाडौंका
प्रयोगकर्ताहरूलाई मात्रै नेपालीनक्सको बारे थाहा हुनुलाई बिडम्बनाकै विषय
मान्न सकिन्छ। नेपालीनक्सबारे काठमाडौं भन्दा बाहिर बढी उत्सुकता रहेको मैले
पाएको छु। यसबारे ध्यान पुर्‍याउन सके अझ धेरैले नेपालीनक्स चलाउँथे कि?

४. डिस्ट्रो
हुन त नेपालीनक्सलाई म प्राविधिक रुपमा निकै राम्रो डिस्ट्रो मान्ने गर्दछु र
मपुपुका निकै नै प्रतिभाशाली टोलीले नेपालीनक्समा निकै नै धेरै मिहिनेत
भर्नुभएको छ। तर सामुदायिक सहयोग (प्राविधिक) नरहेको हाम्रो अवस्था, तथा
प्रयोगकर्ताहरू समक्ष उबुन्तु, फेडोरा जस्ता अन्तर्राष्ट्रिय स्तरमै प्रचलित
डिस्ट्रोहरू रहेको अवस्थामा नेपालीनक्स कतिले प्रयोग गर्लान्? यसकारण पुरै
डिस्ट्रो बनाउनुको सट्टा चलनचल्तीकै डिस्ट्रोको नेपाली सँस्करण बनाउँदा कस्तो
होला?

५. फन्टको आकर्षण
हुन त यो त्यति महत्वपूर्ण कुरो हैन, तर यति राम्रो देवनागरी लिपिलाई
नेपालीनक्सले कुरूप रुपमा प्रस्तुत गरेको मलाई लागेको छ। फन्टका दुई प्रकार
हुन्छन् - सेरिफ र स्यान-सेरिफ। टाइम्स न्यु रोमन जस्ता अक्षरका टुप्पाहरू
घुम्रेका फन्टलाई सेरिफ भनिन्छ भने एरिएल जस्ता अक्षरका टुप्पाहरू नघुम्रेका
फन्टलाई स्यान-सेरिफ। सेरिफ फन्टहरू छपाईमा राम्रो देखिन्छ भने स्यान-सेरिफ
कम्प्युटर स्क्रिनमा। तर नेपालीनक्समा सेरिफ प्रकारका फन्टलाई नै प्रमुख फन्टको
रुपमा प्रयोग गरिएको छ, जसका कारण (मेरो व्यक्तिगत विचारमा) नेपालीनक्स केही
मात्रामा कुरुप देखिएको छ।


स्मरण रहोस्, यी सबै मेरा व्यक्तिगत धारणा मात्र हुन्। त्यसकारण ठाडो खण्डन
गर्नु भन्दा यसबारे मनन गर्न म सम्बन्धित व्यक्तिहरूलाई हार्दिक अनुरोध गर्छु।

उही,
ज्वलन्त



On 7/9/08, Bal Krishna Bal <[EMAIL PROTECTED]> wrote:
>
> साँच्चै किन होला नेपालको परिप्रेक्षमा ज्वलन्त नमूना "नेपालीनक्स"
> फोसियनहरूको चर्चामा त्यत्ति आएको छैन? पाँच विभिन्न संस्करण आइसक्दा पनि "गुड
> वर्क" र "किप इट अप" बाहेक खासै चाख पाइदैन।लीनक्सकै अन्य डिस्ट्रोले पाउने जति
> पनि लगाव यसले पाइरहेको छैन।कारण के होला र के हुन सक्ला, प्रतिक्रियाहरू पाउन
> सके मार्ग निर्देशन हुने थियो।
> उही,
> बालकृष्ण
>
> On Wed, Jul 9, 2008 at 4:28 PM, Basanta shrestha <
> [EMAIL PROTECTED]> wrote:
> - Hide quoted text -
>
>     मित्र पल पल जी!
>
>     नेपलीनक्स, फोसियन माझ unpopular भएको तपाइको कुरालाइ मपुपु सामु पनि
> राख्दै तपाइको जिज्ञासा को उत्तर दिने कोशिश गर्छु।
>
>     तपाईँको समय तथा सुझाबका लागि धेरै धन्यवाद । यो तपाईँले औल्याउनु भएको
> विषय, हामी आफैले अनुभव नगरेको तथा हामी बीचनै धेरै विवाद र बहस नभएको विषय
> होइन । कुनै पनि सफ्टवेयर application मा यति धेरै नयाँ तथा technical शब्द
> हुन्छन् कि, त्यसलाई जस्ताको तस्तै अङ्ग्रेजीको-नेपाली translate गर्ने हो भने
> यो केवल Transliterate मात्र हुन जान्छ । फेरि यस्ता application को मेनुमा
> धेरै मात्रमा देखापर्ने शब्दहरू उदाहरणका लागि paste, cut, undo, redo,
> preferences, tools, bookmarks, toolbar, slidebar जस्ता शब्दहरूको कुनै
> चलन-चल्ती नेपाली अनुवाद हुँदैन ।यसलाई जस्ताको तस्तै राख्ने हो भने सफ्टवेयरमा
> नेपालीपन त झल्किदैननै र विश्वास गर्नुहोस् अनुवाद कार्य पनि धेरै
> unprofessional देखिन जान्छ ।
>
>     यसो हुँदाहुँदै पनि, धेरै ठाउँमा तपाईँले भने जस्तै, अङ्ग्रेजीमै अत्यन्त
> प्रचलित भइसकेको शब्दलाई जस्ताको तस्तै अङ्ग्रेजीको-नेपाली अनुवाद
> (transliterate) नै गरिएको छ उदाहरणका लागि माउस, फाइल, कम्प्युटर, टेम्प्लेट,
> प्लगइन, लगआउट, डाउनलोड, सफ्टवेयर, हार्डवेयर आदी।
>
>     तपाईले प्रस्तुत गर्नु भइकै उदाहरणमा "रोनाल्डोका शानदार गोल(goal)
> ब्राजीलको जीत की तरफ ले गया ....." मा FOOTBALL भारतीय खेल हुदो हो र गोल
> (अंग्रेजी आगन्तुक शब्द) को कुनै हिन्दी ठेट अनुबाद हुदो हो त त्यहि लेख्थेहोला
> । अनि फेरि त्यहि न्युज च्यानलमा batsman र baller जस्ता सबैले बुझ्ने शब्दको
> साटो किन बल्लेबाज र गेंदबाज भनेका होलान बिचार गर्नु भाएको छ?
>
>     उही,
>     बसन्त
>
>
>
>
>     On Tue, Jul 8, 2008 at 11:43 PM, palपल <[EMAIL PROTECTED]> wrote:
>
>         i was call FOSSian thanx.... फील्स गुड टु हेयर दीस .......
>
>         i wonder why .. our nepali फोसीयन् don't talk much about
> NepaLinux...
>         I maself aware of FOSS from last SFD volunteering feel confused
> about
>         these. why don't we plan to make NepaLinux useful for every Nepali?
>
>         By the way that देखाउनुहोस् , हटाउनुहोस्, नयाँ नाम दीनुहोस्  things
>         can be changed to रीनेम, रीसाइज etcs.... let's not parade on making
>         things complex.. rather .. usable.. NepaLinux should be first
> target
>         to audiences like us rather than to a who layman should be TRAINED
>         before he can understand NepaLinux. by training a layman u can make
>         him use other OSes... but what if NepaLinux also requires training
> the
>         users? Change the name नेपालीनक्स टु भेरी हार्ड NepaLinux
>
>         a general Nepali Xp user should feel easier to switch to NepaLinux
>         before he thinks of Ubuntu, RH, Fedora etc..
>
>         i feel comfortable with Ubuntu but i want to use NepaLinux... but a
>         bit harder to understand these so called NEVER EXISTING things in
>         Nepali... सत्र ताल्चा लगाउनुहोस् would sound easier लग अफ
>         गर्नुस् ....   i am not devaluating Nepali language or something
> like
>         that..
>
>          i remember watching hindi news channel.... they use english words
>         which are easily understood but in हीन्दी .... like रोनाल्डोका
> शानदार
>         गोल(goal) ब्राजीलको जीत की तरफ ले गया ..... let's not NepaLinux
>         research be STOPped itself by making it more harder to some Tech
>         persons... .. i bet it's harder to a general Nepali computer user
>         also....
>
>         नेपाली मा नभएको कुराहरू थपेर नेपालीनक्स बनाउनु नेपाली भाषf नै झन्
>         अप्ठेरो बनाएको जस्तो  फील(feel) हुन्छ । मेरो बुझाइ फरक हो की के हो
> ?
>         यो कुराको रीलायवल एन्सर को होप गर्छु ।
>
>
>
>>
>
> >
>

--~--~---------~--~----~------------~-------~--~----~
FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [EMAIL PROTECTED]

Community website: http://www.fossnepal.org/
-~----------~----~----~----~------~----~------~--~---

Reply via email to